बुबाको स्मृतीमा छोरीले स्थापना गरिन् अक्षयकोष

हुमाकान्त पोखरेल
गुल्मी, ०८ साउन । गुल्मीमा बुबाको स्मृतीमा छोरीले अक्षयकोष स्थापना गरेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी स्वर्गिय ठाकुर प्रसाद पोखरेलको स्मृतीमा छोरी सरिता पोखरेलले वडामा एक लाखको अक्षयकोष स्थापना गरेकी हुन् । मंगलबार बुबाको बार्षिकीको अवसरमा सरिताले उक्त कोषको घोषणा गरेकी हुन् । साविक जैसिथोक गाविका पूर्व अध्यक्ष एवम् कम्युनिष्ट आन्दोलनमा क्रियाशिल ठाकुर प्रसादको एक बर्ष अगाडी ७२ बर्षको उमेरमा निधन भएको थियो ।

वि.स. २००७ साउन ०४ गते जैसिथोकमै जन्मिएका पोखरेल ०३८ सालमा जैसिथोक पञ्चायतको प्रधानपञ्च एवम् ०४८ सालमा भएको स्थानीय निर्वाचनबाट साविक जैसिथोक गा.वि.स.को अध्यक्ष भएका थिए । ठाकुरका बुवा स्व. बाबुरामले हाल जैसिथोकमा रहेको पाञ्चायन माविको स्थापना गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । उक्त विद्यालयलाई माध्यमिक बनाउने क्रममा जङ्गलमा रुख काटेको क्रममा ठाकुरसहित टंक पोखरेल र लुम बहादुर घम प्रहरी हिरासत परेका थिए । अन्य राजनीतिक र सामाजिक कामका क्रममा पोखरेल पटक–पटक प्रहरी हिरासत पुगेका थिए ।

उनी पाञ्चायन माध्यमिक विद्यालयको विभिन्न समयमा सदस्य एवम् अध्यक्ष समेत भएका थिए । उनकी श्रीमती बिमलाको ०७३ साउनमा निधन भएको थियो । उनका तीन छोरी र दुई छोरा गरी पाँच सन्तान छन् । अक्षयकोष स्थापना गर्ने ठाकुरकी छोरी सरिताले बुवाको सामाजिक कार्यको प्रशंसाका लागि कोष स्थापना गर्न लागेको बताइन् । हाल कोरियामा कार्यरत सरिताले प्रदान गरेको उक्त रकमको व्याजबाट प्राप्त हुने रकम साविक जैसिथोकमा कुनै पनि समाजिक विकासका काममा खर्च हुने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलले अक्षयकोष प्रदान गर्ने सरितालाई धन्यवाद् दिदैँ स्व. ठाकुर प्रसादको समाजप्रतिको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा