गुल्मीको सदरमुकाम तम्घासमा भव्यताका साथ रोपाइजात्रा मनाइयो

गुल्मी,२१ भदौ । गुल्मीको सदरमुकाम तम्घासमा रथयात्रा र रोपाइजात्रा सम्पन्न गरिएको छ । तम्घासस्थान संयुक्त गुठिको आयोजनामा तम्घासस्थान मन्दिरबाट तम्घास बजारका विभिन्न क्षेत्रमा रथ यात्रा र रोपाई जात्रा निकालिएको थियो । तम्घास बजारमा ०४२ सालमा तम्घासस्थान मन्दिरको स्थापना गरिएको थियो । त्यसपछि त्यस मन्दिर वरपर राधाकृष्णको मन्दिर, भगवतीको मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर लगायतका धार्मिक संरचना निर्माण गरिएका छन् । मन्दिरमा कृष्ण जन्माष्टमीको दिन ब्रत बसेर पुजाआजा गर्ने प्रचलन छ । त्यसको अर्को दिन पहिले रथयात्रा र त्यसपछि रोपाईजात्रा निकाल्ने गरिन्छ । रथ एवम् रोपाई जात्रामा विभिन्न विद्यालय, संघ संस्था, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा