रेसुङ्गा युथ फेस्टिभलको तयारी तिब्र

गुल्मी, ३० भदौ । गुल्मीमा आगामी असौज ५ र ६ गते हुने ‘रेसुङ्गा युथ फेस्टिभल’को तयारी तिब्र पारिएको छ । शनिबार पत्रकार सम्मेलनको अयोजना गर्दै आयोजक सफल डायरिजले कार्यक्रमको तयारीका बिषयमा जानकारी दिएको छ ।
सफल डायरिजको आयोजना तथा अन्टेष्ट युवा क्लव, फोर्टिन स्टार युवा क्लव, पुल्चोक स्पोर्टस क्लव, खुकुरी ब्याण्ड, कोब्रा ग्रुप र यङ्ग व्याइजको सह–आयोजनामा फेस्टिभल हुन लागेको हो । कार्यक्रममा वृत्तचित्र महोत्सव, सडक कला र सङ्गीत एवम् लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम, विभिन्न साँस्कृतिक क्रियाकलाप लगायतका कार्यक्रम सम्पन्न हुनेछन् ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाभित्रका विद्यालयहरुबीच चित्रकला प्रतियोगिता, राष्ट्रिय कलाकार, व्याण्ड, डिजे स्ट्रिट हिपहल शो, हाँस्य लगायतका प्रस्तुती, राष्ट्रिय र स्थानीय स्तरका कविहरुको प्रस्तुती, गुल्मी जिल्लाभित्रका महत्वपूर्ण स्थानहरुको डकुमेन्ट्री प्रदर्शन, लाखे नाच, सोरठी लगायतका प्रस्तुती प्रदर्शन गरिनेछ । त्यसैगरी डब्लु टि एफ्., आइ टि एफ्, क्रिकेट लगायतका खेलमा जिल्ला एवम् देश चिनाउने खेलाडीहरु एवम् विभिन्न सर्जकहरुलाई सम्मान गर्ने कार्यक्रम छ । कार्यक्रम असौज ५ गते बुढाथोकी बसपार्क र असौज ६ गते चिदिचौरमा हुने सफल डायरिजका अध्यक्ष सफल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा