धुर्कोट महोत्सवको तयारी पुरा

गुल्मी, २७ असौज ।
गुल्मीको धुर्कोट गाउँपालिकामा आइतबार अर्थात भोलीदेखि हुने ‘दोस्रो धुर्कोट सांस्कृतिक तथा व्यापार मेला–२०८०’ को सबै तयारी पुरा भएको छ । धुर्कोट सिर्जनशिल रिपोर्टस युवा क्लवको अयोजना, धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकको सह–आयोजना तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेट प्रा.लि., बुटबलको व्यवस्थापनमा हुन गइरहेको महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ जैसिथोक स्थित कालापोखरा खेल मैदानमा हुने कार्यक्रममा ४५ वटा स्टल रहनेछन् । कार्यक्रमको लागि आवश्यक पर्ने मञ्च व्यवस्थापन, प्रचार–प्रसार लगायतका सबै तयारी पुरा भएको क्लवका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिए । ‘समृद्ध धुर्कोट हाम्रो शान, कला, गला, संकृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ असौज २८ देखि कात्तिक ४ गतेसम्म महोत्सव संचालन हुनेछ । धुर्कोट गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।

कार्यक्रममा बोम बहादुर कार्की, विष्णु खत्री, चन्द्र शर्मा, बद्री पंगेनी, प्रकाश शपुत, पशुपति शर्मा, खुमन अधिकारी, पुष्कल शर्मा, हेमन्त शर्मा, सिम्रन परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने क्लवले जनाएको छ । पहिलो दिनको कार्यक्रम गुल्मी क्षेत्र नम्बर २ का सासंद एवं पूर्व मन्त्री गोकर्ण विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सामुदायिक रेडियो धुर्कोटले मिडिया पार्टर एवं धुर्कोट गाउँपालिकाले संरक्षकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा