रेसुङ्गा बहुमुखी क्याम्पसको ४१ औँ बार्षिकोत्सव सम्पन्न

गुल्मी, ०५ फागुन ।
गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको ४१ औँ बार्षिकोत्सव समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्याम्पस प्राङ्गणमा सम्पन्न कार्यक्रममा बार्षिकोत्सवको अवसरमा सम्पन्न विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमकै अवसरमा क्याम्पसका ज्येष्ठ सभासद् रेसुङ्गा नगरपालिका –९ निवासी विष्णुप्रसाद पन्थी, रेसुङ्गा नगरपालिका –८ निवासी चेतबहादुर थापा र सत्यवती गाउँपालिका –४ निवासी मुकुन्दहरी ज्ञवालीलाई सम्मान गरिएको छ । क्याम्पसका प्रध्यापक लिलाधर आचार्यलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ । क्याम्पसमा २० बर्षभन्दा बढी अध्यापन गर्ने प्रध्यापक एवं कर्मचारीलाई दीर्घसेवाबाट सम्मान गर्ने प्रचलन छ ।

क्याम्पसका उप प्रध्यापक रामप्रसाद खनाल, बुद्धराज न्यौपाने, सूर्यप्रसाद उपाध्याय र निलम बञ्जाडेलाई नगदसहित सम्मानित गरिएको छ । त्यसैगरी सहयाक क्याम्पस प्रमुख कमलप्रसाद शर्मा र लेखा अधिकृत कृष्णप्रसाद खनाललाई ज्ञानहरी स्मृत पुरस्कारबाट सम्मानित गरिएको छ ।

बार्षिकोत्सवको अवसरमा क्याम्पसले ‘विद्या’ नामको पुस्तक पनि बिमोचन गरेको छ ।

क्याम्पसले बार्षिकोत्सवको अवसरमा हरेक बर्ष जस्तै यस बर्ष पनि केही विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्ने जनाएको छ । छात्रबृत्ती प्राप्त गर्ने विद्यार्थीहरुको नाम विद्या पुस्तकमा प्रकाशित गरिएको क्याम्पस प्रमुख हरी बहादुर खत्रीले जानकारी दिनुभयो ।


कार्यक्रम क्याम्पस संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको प्रमुख आतिथ्यता तथा सहायक क्याम्पस प्रमुख गुणनिधी शार्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा