उप–प्राध्यापक भण्डारीद्वारा आधारभूत शिक्षा दिने गुरुलाई सम्मान

गुल्मी, १५ चैत । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ५, हटिया स्थित हिमालय आधारभूत विद्यालयका पूर्व शिक्षक रामप्रसाद भण्डारीलाई उनका शिष्य नरेशकुमार भण्डारीले सम्मान गरेका छन् ।

विद्यालयको ६५ औं वार्षिक उत्सवमा आयोजित एक समारोहमा धुर्कोट परमानन्द बहुमु्खी क्याम्पसका उप–प्राध्यापक रहेका भण्डारीले आफ्नो हालसम्मको प्रगतीमा गुरुहरुको अतुलनिय योगदान रहेको भन्दै सम्मान गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र खत्रीले गुरुलाई दोसल्ला, माला र करुवाले सम्मान गरिएकोे जानकारी दिए । उनले भण्डारीबाट गत वार्षिक उत्सवमा पनि अक्षर चिनाउने गुरु डिलाराम भण्डारीलाई यस्तै सम्मान गरेको बताए ।

कार्यक्रममा सम्मानीत भएका पूर्व शिक्षकले गुरु र चेला विचमा प्रगाढ सम्वन्ध हुने भन्दै यस्तो सम्मानले आफुहरुको नैतिक शिक्षा सार्थक भएको धारणा राखे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा