अग्नी पीडितलाई सन नेपालद्धारा लत्ताकपडा सहयोग

गुल्मी, १२ वैशाख ।
गुल्मीको इस्मा गाउँपालिकाका अग्नी पीडितहरुलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लत्ताकपडा सहयोग गरेको छ । कम्पनीले इस्मा–२ सिदुन्खाका १७ घरपरिवारका ६६ सदस्यलाई एक÷एक जोर लगाउने कपडा, हाते लाइट र हात धुने साबुन प्रदान गरेको गुल्मी शाखा प्रमुख नविन अर्यालले जानकारी दिए ।

कम्पनीले इस्माकै कोटकोटेरी र हुलका अग्नी पीडितहरुलाई पनि सोही बराबरको सहयोग उपलब्ध गराउने जनाएको छ । बढी क्षति भएको ठाउँ सिदुन्खाका पीडितलाई ७० हजार र हुल एवं कोटकोटेरीका पीडितलाई ३० हजार बराबरको सहयोग गर्ने अर्यालले बताए ।

कार्यक्रममा बोल्दै इन्स्योरेन्सका बुटबल कलस्टर प्रमुख सन्तोष कुँवर क्षेत्रीले जोखिम तथा विपद्मा आर्थिक सुरक्षा पाउनको लागि सबैले बीमा गर्नुपर्ने बताए । लत्ताकपडा वितरण गर्ने कार्यमा सन नेपाल लाइफ, गुल्मीका अभिकर्ताहरु, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा