चन्द्रकोट हत्या प्रकरण ः मदरसाको अनुमति रद्ध

गुल्मी । १५ बर्षिया बालिका मनिषा रुचालको हत्या प्रकरणपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित मदरसाको अनुमति रद्ध गरिएको छ । मुस्लिम समुदायका नागरिकले नवाज पढ्ने ठाउँ मदरसा सोही समुदायकै नागरिकको आह्वानबमोजिम गाउँपालिकाले त्यसको अनुमति रद्ध गरेको हो ।

चार बर्ष अगाडीदेखि संचालनमा आएको मुस्लिमहरुको धार्मिक विद्यालय मदरसा गुल्सने मदिनामा पाका ठुला उमेरका नागरिकले हप्तामा एक दिन एवं साना बालबालिकाले दैनिक रुपमा बिहानमा नवाज पढ्ने गरेका थिए । मदरसामा दैीनक १५÷१६ जना बालबालिकाले नवाज पढ्ने स्थानीय कमल खत्रीले जानकारी दिए ।

तर सोही मदरसाका प्रशिक्षक २३ बर्षिय रहिस खाँ बालिका हत्या आरोपमा प्रक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्धको लागि कात्तिक २० गते गाउँपालिकालाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा पालिकाले मदरसा संचालनको अनुमति रद्ध गरेको अध्यक्ष युवराज केसीले बताए ।

कात्तिक १७ गते स्थानीय खोलाको बीचमा शव फेला परेको चन्द्रकोट –४ बस्ने मनिषाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खाँ हाल अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा छन् । उनलाई गुल्मी जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरि हिरासतमा राखिएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ घर भई हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ बस्ने खाँ विगत केही डेढमात्रै मदरसाको प्रशिक्षकको रुपमा चन्द्रकाट आएका थिए । मदरसामा पहिले स्थानीय व्यक्ति नै प्रशिक्षक थिए तर समितिले स्थानीयलाई हटाएर खाँलाई प्रशिक्षकको रुपमा ल्याएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा