spot_imgspot_img

धुर्कोटका दुईवटा वडामा तीज गीत कार्यक्रम सम्पन्न

बासुदेव पोखरेल
गुल्मी, २० भदौ । धुर्कोट गाउँपालिकाका दुईवटा वडामा तीज गीत कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा वडा नम्बर ४ जैसिथोक र वडा नम्बर ५ वस्तुमा वडास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको हो । वडा नम्बर ५ वस्तुमा जनजागरण समुह प्रथम, हर्रे सौरपानी समुह द्धितिय, कालिका समुह तृतिय र विचित्र टोल विकास समुह सान्तवना भएका छन् । जैसिथोकमा सम्पन्न कार्यक्रममा सातवटा महिला समुहको सहभागिता रहेको थियो । दुवै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गिरीको प्रमुख आतिथ्यता रहेको थियो । जैसिथोकमा वडाध्यक्ष विरेन्द्र कुँवर र वस्तुमा वडाध्यक्ष केशव भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा