अनिश पन्थी, गुल्मी
प्रथम गुल्मी ऐतिहासीक महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै गएको छ । पाचौ दिन आज पनि दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
कलाकार दुर्गेश थापा, उज्ज्वल गिरि, अनिल खत्री, सरु पोखरेल लगायतको प्रस्तुति रहेको थियो । यस्तै भोली छैठौ दिनको आकर्षको रुपमा गायिका जोति मगर लगायतको उपस्थित् रहने सास्कृतिक सांयोजक खुम खत्रीले जानकारी दिए । महोत्सव २५ गतेसम्म चल्ने छ । महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।