बासुदेव पोखरेल, गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका–०५ स्थित धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको १४ औँ साधारण सभा समन्न भएको छ । बिहीबार क्याम्पसको प्राङ्गणमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले पछिल्लो समयमा घट्दै गएको विद्यार्थी संख्याको चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । सोही क्षेत्रका प्रदेश सासंद समेत रहेका पन्थीले क्याम्पसले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आफुले क्याम्पसलाई सक्दो सहयोग गर्ने बताए । कार्यक्रमकै अवसरमा क्याम्पस प्रमुख ऋषिराम पाण्डेले क्याम्पसको बार्षिक प्रतिवेदन, संचालक समिति कोषाध्यक्ष खिमानन्द भण्डारीले क्याम्पसको आय–व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गिरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष केशवराज भण्डारी, वडा नम्बर ७ का वडाध्यक्ष लिला खनाल लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्याम्पस संचालक समिति अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता तथा क्याम्पसका उप–प्रध्यापक जितेन्द्र भण्डारीको संचालनमा सम्पन्न भएको हो ।