स्वास्थ्यको बार्षिक समिक्षा : जिल्लामै छत्रकोट उत्कृष्ट

टोपलाल अर्याल

गुल्मी, ७ असोज । जिल्लामा १२ वटै स्थानीय तहका आफ्नै नीति तथा कार्यक्रम छन् । स्वास्थ्य क्षेत्र सवै स्थानीय तहको प्राथमिकतामा छ । तर, नीति अनुसारको सवैको दौड छैन् । सोहि अवस्थालाई प्रतिस्प्रर्धाबाट अब्बल बनाउन स्वास्थ्य कार्यालय गुल्मीले बार्षिय रुपमा पालिकाहरुको मुल्यांकन गरेर उत्कृष्ट घोषणा गर्दै आएको छ । सोहि कार्यक्रम अनुसार जिल्लाको छत्रकोट गाउँपालिका १२ स्थानीय तहमध्ये उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले छत्रकोट गाउँपालिका २ को पल्लीकोटमा आयोजना गरेको आर्थिक बर्ष ०७९÷०८० को बार्षिक समिक्षामा उत्कृष्ट छत्रकोट गाउँपालिकालाई सम्मान गरिएको छ ।

छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रका अधिकांश मापदण्ड पुरा गरेको छ । भने नेपालमै पहिलो पटक महिला स्वयसेविकालाई पेन्सन वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा ऐन निर्माण तथा नेपालमै तेस्रो स्थानमा पुर्ण पोषणमैत्री स्वास्थ्यसंस्था भएको पालिका घोषणा गरेको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका स्वास्थ्य संस्थामध्ये सवै रेकर्डहरु समयमै सम्पादन र चुस्तदुरुस्त राख्ने विरबास स्वास्थ्यचौकीलाई उत्कष्ट घोषणा गरेर सम्मान गरेको छ ।

सोहि अवसरमा स्वास्थ्य कार्यालयमा कार्यरत नेत्र पन्थीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । उत्कृष्ट पालिका, स्वास्थ्य संस्था र कर्मचारीलाई प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले गरेका थिए । जिल्लाका १२ वटै स्थानीय तह, नार्डेक, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र स्वास्थ्य कार्यालय गुल्मीले बार्षिय कार्य सम्पादनको अवस्था प्रस्तुत गरेका थिए । स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले मुल्यांकलन र सम्मानले स्थानीय तहको कार्यसम्पादनमा प्रतिस्प्रर्धा बढेको दाबी गरे ।

उनले गतबर्ष स्वास्थ्य मापदण्डमा निराशाजन इस्माले अहिले निकै राम्रो सुधार गरेको बताउँदै समन्वय र सहकार्य गरेर सवैलाई तोकिएका समयमा उत्कृष्टता प्रस्तुत गर्न आग्रह गरे । जिल्ला समन्वय समिति प्रमुख खत्रीले पालिकाहरुमा सुध्रिएको स्वास्थ्यको अवस्थाप्रति खुसी प्रकट गर्दै राजनीति दबाब र प्रभावबिना स्थानीय तहका जनप्रतिनिधीसंग स्वास्थ्य क्षेत्रका कमीकम्जोरीका बिषयमा छलफल तथा समाधानमा केन्द्रित हुन स्वास्थ्य शाखा प्रमुखहरुलाई आग्रह गरे ।

छत्रकोट गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले कार्यसम्पादन राम्रो गरेर पालिकालाई उत्कृष्ट बनाउने कर्मचारीहरुको प्रसंसा गरे । साथै उनले शिक्षा र स्वास्थ्य पालिकाको प्राथमिकतामा रहेकाले नविनतम कार्यक्रमको प्रभावकारी कार्यान्व्यन आफ्नो जोड रहेको पाण्डेयले बताए । केहि पालिकाहरुमा शाखा प्रमुख र कर्मचारीहरुको जनप्रतिनिधीसंग समन्वय राम्रो नभएकाले अभियान र कार्यक्रमहरु प्रभावकारी हुन नसकेको खत्रीले बताए । उनले जिल्लामा सर्नेभन्दा नसर्ने रोग र आत्महत्याको अवस्था बिकराल बन्दै गएकाले गम्भिर बन्न स्थानीय पालिका र स्वास्थ्य शाखा प्रमुखहरुलाई अपिल गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा