सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपचार खर्चबापत पाँच लाख प्रदान

गुल्मी, २१ मंसिर ।
सिटिजन लाइफ इन्स्योरेन्स, तम्घास शाखाले प्यारालाइसिस घातक रोग बापत पाँच लाख उपचार खर्च दिएको छ । प्युठान गौमुखी गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल रेसुङ्गा नगरपालिका वडा नं. २ मा  बस्दै आएका नरजित राना मगरलाई कम्पनीले उपचार खर्चबापत चार लाख ७५ हजार १८५ रकम प्रदान गरेकाे हाे । उनले २०२१ डिसेम्बर २१ मा तीन हजार ७०८ रुपैया बुझाएर बीमा गरेका थिए  । त्यसपछि उनी वैदेशिक रोजगारको सिलसिलामा साउदी अरवियामा काम गर्दै गर्दा उनलाई प्यारालाइसीस (Paralysis) भई नेपाल फर्केका थिए। हाल उपचारकै क्रममा रहेका उनलाई सिटिजन लाइफले कर कट्टा गरी रकम प्रदान गरेको हाे । रकम पाएपछि नरजितले भने आशा नै नभएको रकम प्राप्त भएको बताए । `यत्ति रकम पाइन्छ भन्ने थाहा नै थिएन, कम्पनीले दिएकाेमा खुसि छु ।´ उनले भने ।
यो भन्दा पहिला पनि सिटिजन लाइफ तम्घास शाखाले मालिका गाउँपालिका -५ का कमला जिसीलाई घातक राेगसम्बन्धी पाँच लाख प्रदान गरेकाे शाखा प्रमुख विजय मरासिनीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा