लुम्बिनी प्रदेश स्तरीय हाजिर जवाफ प्रतियोगितामा ज्ञव मावि प्रथम

 गुल्मी, ०९ पाैष । होराइजन आवासीय मावि बुटवल को आयोजना मा २९ औ लुम्बिनी प्रदेश स्तरीय हाजिर जवाफ प्रतियोगिता आज न्यु होराइजन बोर्डिङ स्कुल पाल्पामा सम्पन्न भएको छ। गुल्मी पाल्पा अर्घाखाँची गरि तीन जिल्ला बाट २३ वटा बिद्यालय को सहभागिता मा भएको प्रतियोगितामा ज्ञव माबि बलेट्क्सार गुल्मी प्रथम ,सिद्धी माबि रेसुङा गुल्मी दोस्रो र डम्कडा माबि पाल्पा तृतीय भएको छ। बिजय भएको प्रतियोगी हरु लाई प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियोे ।                                 सो अबसर मा प्रमुख अतिथि खनालले हाजिर जवाफमा विभिन्न प्रकारका प्रश्न हुने भएकोले बिध्यार्थी हरु लाई भबिस्य मा निजामती सेवामा प्रवेश गर्न सजिलो हुने बताउनु हुँदै बिजयी प्रतियोगीहरु लाई बधाई दिनु भयो। कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष महेश मान बज्राचार्य न्यु होराइजन बोर्डिङ स्कुल पाल्पा का पृनसिपल डासुराम पन्तले लगायत ले सुभकामना दिनु भएको थियो। कार्यक्रममा स्वागत पाल्पा सम्योजक बिस्नु प्रसाद बश्याल हरि पौडेल को सन्चालन र् न्यु होराइजन बुटवल का उप प्राचार्य बालकृष्ण भण्डारी को सभापतित्वमा भएको थियो। प्रतियोगिता मा प्रथम दितिय हुने प्रतियोगी हरु ला पौष १५ गते न्यु होराइजन बोर्डिङ स्कुल बुटवलमा हुने फाइनल प्रतियोगिता मा सहभागी गराउने भएको पत्रकार राजेन्द्र लिगल ले बताउनु भयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा