भण्डारीद्वारा जिल्ला प्रहरीलाई पुस्तक प्रदान

गुल्मी, १९ पाैष ।
गुल्मी जिल्लाका मानवअधिकारकर्मी तथा इन्सेकका पूर्व जिल्ला प्रतिनिधि नरेशकुमार भण्डारीले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुकालागि पुस्तक प्रदान गरेका छन ।
उनले आज जिल्ला प्रहरी कार्यालयको परिसरमा कार्यालय प्रमुख एसपी अर्जुन रानाभाटलाई १६ थान पुस्तकहरु हस्तान्तरण गरेका हुन ।
हस्तान्ततरण गरिएका पुस्तकहरुमा श्रीरामप्रसाद उपाध्यायको विश्वको इतिहास, पत्रकार महासंघले प्रकाशन गरेको मिडिया रिडर, सरस्वती ज्ञवालीको लालटिनको उज्यालोमा, रविन्द्र भट्टराईको सेयरबाट कोडपती, विनिता पौडेलको विश्व हल्लाउने कथाहरु, स्वेट मार्टनको विजय पथ, रामप्रसाद ज्ञवालीको जीबन उर्जा, डा. टिकाराम पन्थीको केहि जनश्रुतिहरु, र नेपाल राष्ट्रबैकबाट प्रकाशित मिर्मिरे साहित्यीक पत्रिका लगायत रहका छन् ।
सो अवसरमा एसपी रानाभाटले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई सुधारात्मक तथा ज्ञानवर्धक पुस्तकहरु उपलव्ध गराउनु भएकोमा भण्डारीलाई धन्यबाद ज्ञापन गर्दै थप पुस्तकहरु सहयोग गरिदिन विभिन्न संघ संस्था तथा महानुभावहरुमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा