आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, २१ मघ । आशा अपाङ्ग केन्द्र, गुल्मीलाई विभिन्न संस्थाले आर्थिक सहयोग गरेका छन् । शनिबार गुल्मी समाज युकेले एक लाख ५० हजार र प्रथम नौमती बाजा गुल्मी युकेले ७२ हजार ४५० गरी कुल दुई लाख २२ हजार ४५० प्रदान गरेका हुन् । केन्द्रमा रहेका अपाङ्गहरुको क्षेत्रमा काम गर्नेगरी रकम प्रदान गरेको गुल्मी समाज युकेका अध्यक्ष बिर बलालले जानकारी दिए । उपाध्यक्ष तारा भट्राईले आफुहरुको भौतिक शरिर विदेशमा भएपनि मन स्वदेशमा भएकोले सहयोग गरेको बताइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले रकम सहयोग गर्ने संस्थाहरुलाई धन्यवाद् दिदैँ केन्द्रको थप प्रगतीको शुभकामना व्यक्त गरे ।

साथै घर–परिवार, छिमेक, विभिन्न संघ संस्था सबै मिलेर अपाङ्गता भएकाहरुको पिडा कम गर्न सकिने पाठकले बताए । कार्यक्रममा संस्थाकी प्रमुख गंगा रायमाझीले हालसम्म संस्थाले गरेको काम, प्राप्त र खर्च रकम, संस्थाका चुनौती लगायतको बिषयमा जानकारी गराएकी थिइन् । उनले मानिसहरुको कृतिम खुट्टा राखिदिएको, विभिन्न ठाउँमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको, ह्विलचियर वितरण गरेको जस्ता काम गरेको जानकारी गराएकी थिइन् । संस्थाका अध्यक्ष जनार्दन घिमिरेले सहयोगदातालाई धन्यवाद् दिदैँ सबैको सहयोगले संस्थाले विश्वसनियता पाएको बताए । संस्थाको एम्बुलेन्समा इन्जिनमा समस्या देखिएकोले दुई बर्षदेखि चलाउन नसकेको घिमिरेले बताए । कार्यक्रममा पूर्व सासंद गीता थापा, विभिन्न वडाका वडाध्यक्षहरु, पत्रकार, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा