गुल्मीमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुल्मी, २४ फागुन ।  नारी दिवसको अवसरमा गरिमा विकास बैंक लिमिटेड गुल्मी शाखाको आयोजना र अमर कल्याण महिला बिकास बहुउद्देश्यीय सहकारी सस्थाको सहकार्यमा एकदिने वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । बिहिवार जिल्लाको सदरमुकाम तम्घास अबस्थित सौर्य इन होटलमा महिला दिदिबहिनीलाई  सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने उदेश्यले एकदिने वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको हो । करिब १ सय २० महिला सहभागीता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकताबारेमा गरिम बिकास बैंक लिमिटेड गुल्मी शाखाका प्रमुख कृष्ण प्रसाद रेग्मी ,कर्जा इकाइ प्रमुख विष्णु केसि लगायतले जानकारी दिएका थिए ।

वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर लगायतका बारेमा सहभागीलाई शिक्षा प्रदान गरिएको थियो ।

नारी दिवसको शुभकामना दिदै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गरिमा विकास बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रमले महिला दिदिबहिनीमा वित्तीय ज्ञान ,  वृद्धि र विकासमा ठूलो टेवा पुगेको बताए ।  नागरिकमा वित्तीय ज्ञानको कमिले विभिन्न झन्झट र पीडा बेहोर्नु परेको छ त्यसकारण यस्तो महत्त्वपूर्ण वित्तीय साक्षरता  सबैमा आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर पन्थीले बताए ।

वित्तीय साक्षरता कार्यक्रममा बोल्दै बिशेष अतिथि रेसुङ्गा नगरपालिका उपमेयर अमृतादेवी कुँवरले नारी दिवसको शुभकामना व्यक्त गर्दै  महिला घरको चुलोचौकोमा मात्र सिमित नभइ समाजमा हुने हरेक कार्यक्रममा सहभागी भइ सिक्न सहभागीलाई आग्रह गरेकी थिइन् ।

अमर कल्याण महिला बिकास बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष राम कुमारी भट्टराईको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य गरिमा बिकास बैंक लिमिटेड गुल्मी शाखामा कर्जा इकाई प्रमुख बिष्णु केसिले राखेका थिए ।  कार्यक्रममा रेसुङ्ग बहुमुखी क्यामपसका छात्राले नारी दिवसको अवसरमा समाजमा हुने यथार्थको चित्रण गर्दै एकताको सन्देश प्रवाहको नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन अमर कल्याण महिला बिकास बहुउद्देश्यीय सहकारी सस्थाका कार्यालय प्रमुख अन्जु पन्थीले गरेकी थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा