spot_imgspot_img

धुर्कोट गाउँपालिकाको बजेट ५५ करोड ६६ लाख

हुमाकान्त पोखरेल, गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि ५५ करोड ६६ लाख २९ हजार ९५० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँपालिका उपाध्यक्ष सीता गिरीले उक्त बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये चालुतर्फ ३५ करोड ७५ लाख ५७ हजार अर्थात ६४.२३ प्रतिशत र पुजीँगत तर्फ १९ करोड ९० लाख ९५० अर्थात ३५.७७ प्रतिशत बिनियोजन गरिएको छ । आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान नौ करोड ३७ लाख, सशर्त अनुदान २७ करोड ७५ लाख, राजस्व बाँडफाँडबाट आठ करोड २१ लाख ४५ हजार दुई सय, समपुरक अनुदान एक करोड, विशेष अनुदान दुई करोड १५ लाख अनुमान गरिएको छ । त्यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदान ८१ लाख ५० हजार, राजश्व बाँडफाँडबाट ४३ लाख ४१ हजार ७५०, समपुरक अनुदान एक करोड, आन्तरिक आय ६० लाख, युडब्लु एस् साझेदारी एक करोड पाँच लाख ५७ हजार, गैर सरकारी संस्थाबाट ८६ लाख ५० हजार र चालु आर्थिक बर्षको बैंक मौज्दात एक करोड ७६ लाख अनुमाननित आय रहेको छ ।

खर्चतर्फ शैक्षिक पूर्वाधार निर्माण, गुणस्तर तथा सरसफाईको लागि एक करोड १५ लाख, स्वास्थ्य संस्थाहरुको क्षमता विकास एवम् सेवा विस्तारको लागि एक करोड, कल्लाबोट–घुम्ती–दङ्गालीटोल–आरुपाटा मोटरबाटो, हाडहाडेको लागि १० लाख, वडा नम्बर ७ स्थित डनेटा गाउँ जिम्माल पखरचौर मोटरबाटोको नाली सहित ग्राभेल कार्यको लागि १० लाख बिनियोजन गरिएको छ । वडा नम्बर ४ स्थित दुध डेरी देसुवा टोल ठुला पधेरा सडक एवम् वडा नम्बर २ स्थित पिपलधारा नादी तल्लाखाल तटबन्धका लागि १०÷१० एवम् जनयुद्ध स्मृती पार्कको लागि २० लाख बिनियोजन भएको उपाध्यक्ष गिरीले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

पालिकाले विपत् व्यवस्थापन कोषमा ४० लाख, विभिन्न आयोजनाको मर्मतको लागि ३० लाख, कृषि तथा पशु विकास कार्यक्रमको लागि एक करोड, पर्यटन विकासको लागि २८ लाख, वडास्तरीय कार्यक्रमको लागि वडा नम्बर १ मा १३ लाख, २ मा नौ लाख १० हजार, ३ मा १० लाख २० हजार, ४ मा १२ लाख २० हजार, ५ मा सात लाख ५० हजार, ६ मा १० लाख ५० हजार र ७ मा पाँच लाख ६० हजार एवम् पालिकास्तरीय कार्यक्रमको लागि एक करोड ८३ लाख १० हजार बजेट बिनियोजन गरिएको छ ।


गाउँपालिकामा शिक्षा तथा खेलकुद र स्वास्थ्य कार्यक्रमको लागि २५÷२५ लाख, महिला विकासको लागि आठ लाख, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक र संस्कृति संरक्षणको लागि चार÷चार लाख, दलित र जनजाती लक्षित कार्यक्रमको लागि सात÷सात लाख, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको लागि पाँच लाख बिनियोजन भएको छ । वडास्तरीय कार्यक्रम तथा योजना संचालन गर्न वडा नम्बर १ मा २७ लाख ५० हजार, २ मा १९ लाख ७० हजार, ३ मा २७ लाख ८० हजार, ४ मा १९ लाख पाँच हजार, ५ मा २२ लाख पाँच हजार, ६ मा १८ लाख ५० हजार र ७ मा ३० लाख ५० हजार एवम् पालिकास्तरीय योजनाको लागि छ करोड पाँच लाख बिनियोजन भएको छ । गाउँपालिकाले पूर्वाधार विकासतर्फ वडा नम्बर ३ र ७ को कार्यालय निर्माणको लागि एक करोड एवम् फुटकर योजनाको लागि २० लाख, निजी आवासको पुनःनिर्माणको लागि १५ लाख, मुहान संरक्षणका लागि पाँच लाख बिनियोजन गरेको छ ।

प्रतिक्रिया

  1. वाड़ा नं 4 बाटा वाड़ा नं 1 मा जोड़ने ठुल्दी पुल को बजेट देखिएन खोई

  2. बजेट विनियोजन त राम्रै लाग्यो ,,शिक्षा र खेलकुद लाई अलि प्राथमिकता दिनुपर्छ,,बजेट विनियोजन राम्रो हो तर त्यसको पारदर्शिता कायम गर्नुपर्ने देखिन्छ ,,,विगत को वर्ष जस्तो विकास निर्माणको काम मा भएका समाजका केही गलत नेतृत्वको तथा विकासको नाममा भएको विनास मात्र लाई रोक्नुपर्छ🙏🙏

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा