कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई महेन्द्र नमुना माविको सम्मान

गुल्मी, १५ भदौ
महेन्द्र नमुना माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका–१ गुल्मीमा बधाई, सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयबाट २०७९ सालको कक्षा १२ को बोर्ड परीक्षा उत्र्तीण हुने विद्यार्थीहरु, उनीहरुका अभिभावक र बिषयगत ए प्लस ग्रेड ल्याउन सफल विद्यार्थीहरुलाई शुक्रबार विद्यालयले सम्मान गरेको हो ।

विद्याकी देवी सरस्वतीको फोटोमा फूल टिका अर्पण र व्यानर बाचन गरेर प्रमुख अतिथि रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा विज्ञान समुहबाट जिल्ला प्रथम हुन सफल प्रविण पोख्रेललाइृ सम्मान पत्र, टिका र खादाबाट सम्मान गरिएको थियो । विज्ञान समुहबाट सहभागि भइ गणित बिषयमा ए प्लस ल्याउने ओम मरासिनी, व्यवस्थापन समुहबाट सहभागि भई लेखाशास्त्र बिषयमा ए प्लस ल्याउने अमिसा घिमिरे, विष्णुप्रसाद खनाल, गौरी पोखरेल, इन्दु फुल्देल, करिश्मा थापा, सविना पाण्डे, सरोज श्रेष्ठ, श्रेया पाण्डे, श्रृजना पन्थीलाई टिका र खादाले सम्मान गरिएको थियो । त्यसैगरी आफुले अध्यापन गर्ने बिषयमा ए प्लस ल्याउने बिषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । जसमा खुमानान्द घिमिरे र मधु भुसाल रहनुभएको छ ।

कार्यक्रममा विद्यार्थीको तर्फबाट विष्णुदेवी पाण्डे, अभिभावकको तर्फबाट बाबुराम शर्मा, शिक्षक अभिभावक संघका सदस्य मणी पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । प्रध्यानाध्यापक कृष्ण प्रसाद मरासिनीले शत प्रतिशत बिषयगत नतिजा ल्याउने शिक्षकहरु जंग बहादुर थापा, दिपक पाण्डे, कृष्ण प्रसाद मरासिनी, उत्तम बहादुर खत्री र खुमानन्द घिमिरेलाई धन्यवाद् दिनुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोतिप्रसाद खनालको अध्यक्षता, रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीको प्रमुख आतिथ्यता, प्रध्यानाध्यापक कृष्ण प्रसाद मरासिनीको स्वागत मन्त्यव्य तथा विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष डम्बर पाण्डे, सदस्य मणिराम पाण्डे लगायत व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यालयका कर्मचारी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा