हाडहाडेमा तिज गीत प्रतियोगिता सम्पन्न

गुल्मी, २६ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा साविकको वडास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा सात समुह सहभागी भएका थिए ।आयोजकले सबै समुहलाई नगद चार÷चार हजार बाद्यवादन तर्फका दुई जनालाई एक÷एक हजारका दरले पुरस्कार वितरण गरेको वडाध्यक्ष पदम विष्टले बताए । मौलिक कला, संस्कृतिको जर्गेना एवम् संस्कृति संरक्षणको लागि प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष विष्टको भनाई छ । कार्यक्रममा महिला विकास समितिको तर्फबाट सचिव लक्ष्मी विश्वकर्मा, सबै राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेस वडा सभापति निर बहादुर घम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सदस्य एवम् कार्यक्रम संयोजक यम बहादुर कुँवरको अध्यक्षता, वडाध्यक्ष विष्टको प्रमुखआतिथ्यता एवम् वडा सचिव नारायण पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रमुखअतिथि वडाध्यक्ष,अध्यक्षता यम बहादुृर कुँवर वडा सदस्य, कार्यक्रम संयोजक समेत शुभकामना दिनेहरुमा महिला विकास समितिको तर्फबाट सचिव लक्ष्मी विश्वकर्मा, सबै राजनीतिक दलको तर्फबाट काँग्रेसका वडा सभापति निर बहादुर घम, संचालक वडा सचिव नारायण प्रसाद पन्थीले गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा