धुर्कोटमा बृहत तिज गीत कार्यक्रम सम्पन्न

गुल्मी, भदौ २७ गते ।
गुल्मीको धुर्कोट गाउँपालिकामा बृहत तिज गीत कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ जैसिथोकस्थित कुमारीदेवी मन्दिर प्राङ्गणमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सातवटा वडाका सात समुह सहभागि भएका थिए । सहभागी समुहलाई १०÷१० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा बाद्यबादनतर्फ वाग्लाको भगवती आमा समुह, पोशाकमा जैसिथोकको लालिगुँरास टोल विकास समुह, नृत्यमा नयाँगाउँको फुलवारी आमा समुह, शब्दमा पिपलधाराको पिपलधारा महिला समुह र लयमा वस्तुको जनजागृति आमा समुह उत्कृष्ट भएका छन् ।

कार्यक्रममा महिलाहरुले गीतमार्फत सरकारलाई नारी हिसां एवम् महिला हिसां न्यूनिकरणको लागि बलियो कानुन बनाउन आग्रह गरेका छन् । त्यसैगरी देशमा बढ्दै गएको हत्या, नारी हिसां, घरेलु हिसां, बलात्कार, आत्महत्या, लागुऔषध लगायतका बिषयहरु पनि न्यूनिकरण गर्नुपर्ने आग्रह गीतमार्फत गरेका थिए । धुर्कोट गाउँपालिकाले प्रत्येक बर्ष महिलाहरुको महान पर्व तिजको अवसरमा तिज गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । स्थानीय कला संस्कृतिको जर्गेना गर्दै महिलाहरुलाई थप हौसला बढाउन कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।


कार्यक्रममा मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का, मालारानी गाउँपालिकाका उपाध्यक्ष दिपा पोखरेल, नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र भण्डारी, लगायत विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरु, वडाध्यक्षहरु, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, उपाध्यक्ष सीता गिरीको स्वागत मन्तव्य एवम् कर्मचारी राजु पछाईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा