spot_imgspot_img

धुर्कोटमा संविधान दिवस ः विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित

हुमाकान्त पोखरेल, गुल्मी
०३ असौज । धुर्कोट गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कालापोखरा खेल मैदानमा बुधबार विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान, विद्यार्थीहरुको मार्च पार्स र पिटी प्रदर्शन, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुनेलाई सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो ।
गाउँपालिकाले संविधान दिवसका दिन प्रदान गर्ने ५० हजार राशिको ‘शहिद शमशेर बहादुर खत्री बर्ष पुरस्कार’ स्वर्गिय बोम बहादुर खड्कालाई प्रदान गरिएको छ । मरणाेपरान्त पुरस्कार पाएका खड्काको तर्फबाट श्रीमती दिलशोभा पुनले पुरस्कार ग्रहण गरिन् । त्यस्तै २५ हजार राशिको शहिद खिम विक्रम नेपाली उत्कृष्ट शैक्षिक संस्था बर्ष पुरस्कार वडा नम्बर ६ मा रहेको धुर माध्यमिक विद्यालय र १५ हजार राशिको शहिद खिम विक्रम नेपाली शैक्षिक बर्ष पुरस्कार वडा नम्बर ३ हाडहाडेको जनज्योती आधारभूत विद्यालयलाई प्रदान गरिएको छ ।

१५ हजार राशिको शहिद विष्णु बस्नेत बर्ष पशुपालक कृषक पुरस्कार रविन्द्र घिमिरे, शहिद जेदुराम भण्डारी बर्ष कृषि पुरस्कार जनक खनाललाई प्रदान गरिएको छ । उत्कृष्ट कर्मचारीतर्फ सुनिता सारु, छविलाल विक, झविन्द्र भण्डारी, गणेश थापा, भोजेन्द्र खत्री, विष्णु भण्डारी र तेजेन्द्र थापालाई सम्मान गरिएको छ । सबैको पुरस्कार राशि १० हजार रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट शिक्षक बर्ष पुरस्कार टेक बहादुर श्रेष्ठ र भेषराज खनालले प्राप्त गरेका छन् । विद्यालय कर्मचारी पुरस्कारबाट कृष्ण बहादुर दर्लामी, पत्रकारिता बर्ष पुरस्कारबाट जनार्दन घिमिरे र बासुदेव पोखरेल, उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डाक्टर प्रशान्त खत्री, बाबुराम पोखरेल र शान्ता चन्द खड्का सम्मानित भएका छन् । उनीहरुको पुरस्कार राशि पनि १० हजार रहेको छ ।

गाउँपालिकाले कक्षा १२, एसईई, कक्षा आठ र कक्षा पाँचमा गाउँपालिका उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगद पाँच हजार सहित सम्मान गरेको छ । कक्षा १२ मा उत्कृष्ट हुने राजु निसी, एसइईमा साधारणतर्फ उत्कृष्ट हुने पुष्पा भण्डारी, एसइईमा प्राविधिकतर्फ उत्कृष्ट हुने प्रशान्त पोखरेल, कक्षा ८ मा उत्कृष्ट हुने संदेश भण्डारी र कक्षा पाँचमा उत्कृष्ट हुने करिना गिरी सम्मानित भएका छन् । उत्कृष्ट व्यक्तिहरुलाई सम्मान पत्र, नगद एवम् दोसल्लाले सम्मान गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

 

वाग्ला माविका विद्यार्थीहरुले बनाएको नेपालको राष्ट्रिय झण्डा

त्यस्तै पिटी प्रदर्शन कार्यक्रममा पालिकाका १२ वटै माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । जसमा वाग्ला मावि प्रथम, इन्दिरा मावि दोस्रो, निन्युखर्क मावि तेस्रो एवम् सोमरभोमर मावि सान्त्वना भएका छन् । उत्कृष्ट विद्यालयलाई गाउँपालिकाको तर्फबाट पुरस्कार प्रदान गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक दिपेन्द्र अधिकारी र प्रहरी सहायक हवल्दार विष्णु चौधरीले निर्णायकमण्डलको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा हिमालय माविमा अध्ययनरत राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले पनि पिटि प्रदर्शन गरेका थिए । कार्यक्रमकै अवसरमा गाउँपालिकाले विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दोर्ण बहादुर खत्रीले संविधानको रक्षाका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रम गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको स्वागत मन्त्यव्य एवम् स्वास्थ्य शाखा प्रमुख प्रेम खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्षहरु, विभिन्न जनप्रतिनिधिहरु, विद्यार्थी, अभिभावक, पत्रकार, विभिन्न राजनीतिक दल एवम् संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

  1. आर्थिक तथा बित्तिय छेत्र को बिधा पनि समाबेश गरेको भय राम्रो हुने थियो । सम्मानित हुने सबै लाइ बधाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा