सम्झना गिरी
साँच्चै गाह्वाे छ जीवन जिउन पनि ।
आखिर मुटु चुडेर लान्छ पिरती पनि।।
दुख पर्दा यसरी छाेड्छन आफन्तहरू।
जस्तो छाेड्छ ओैंशी चाँदनी पनि ।।
रङ्गिन अनि बिरङ्गीन शहर कति अनाैठाे ।
सक्कलि झै देखिदाेरैछन नक्कली पनि।।
एकपछि अर्को कुकर्म र पाप गरेर यहाँ।
हिड्छन धर्मी जस्तै बनेर अधर्मी पनि ।।
दाेष ब्यर्थै अरूलाई के दिउँ चलन छ यस्तै ।
सबैले आफ्नो दुनाे साेझ्याउँछन जसरी पनि।।
(लेखक गिरी रेसुङ्गा बहुमुखी क्याम्पसकि स्ववियु सदस्य हुन् ।)
मतला मै काफिया मिलेन, एक अक्षरिय काफियामा लेखेकाे राम्रो छ।