देउसीँ खेलेको रकम मृगौला पीडितलाई

गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिका -०९ स्थित हाम्रो रेसुङ्गा सेवा समाजले देउसीँ भैलाे खेलेर जम्मा भएको रकम मृगौला पीडितलाई सहयाेग गरेको छ । बुधबार ०८ नम्बर वडा कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि समाजले नगरपालिकाकाे वडा नम्बर -०८ निवासी मृगौला पीडित पुतला थापा मगरकाे उपचारका लागि २० हजार रूपैयाँ उनका छाेरा भुवनलाई प्रदन गरेकाे हाे ।

कार्यक्रममा बाेेल्दै वडाध्यक्ष निरञ्जन काउछा, वडासदस्य कृष्ण भण्डारी र पत्रकार महासंघका अध्यक्ष टाेपलाल अर्यालले सहयाेग गर्ने हाम्रो रेसुङ्गा सेवा समाजलाई धन्यवाद दिए । अधिकाशंले देउसीँ भैलाे खेलेर संकलन भएको रकमबाट रमाइलो मात्रै गर्ने क्रम बढेकाे अवस्थामा क्लवकाे काम सह्रानिय भएको बताए । क्लवले मंगलबार अहिलेकाे तिहारमा खेलेकाे देउसीँ भैलाेबाट संकलित रकम प्रदान गरेको हाे ।
रकम हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरू मायादेवी श्रीस मगर, पुष्पा विश्वकर्मा, विष्णु बहादुर श्रीस, कार्यसमिति सदस्य हुमाकान्त पाेखरेल, क्लवका विभिन्न पदाधिकारी लगायतकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम क्लवका अध्यक्ष सरिश्मा नेपालीको अध्यक्षता एवं संरक्षक सागर नेपालीको संचालनमा सम्पन्न भएको हाे । पुतला थापा एक बर्षदेखि मृगौला फेल भएर घरमै हुनुहुन्छ । आर्थिक अभावकाे कारण उपचार गराउन नसकेको परिवारले सहयाेगका लागि सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा