सुर्याज्योती लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

हुमाकान्त पोखरेल, गुल्मी

सुर्याज्योती लाइफ इन्स्योरेन्स कम्पनी, गुल्मी शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । सदरमुकाममा रहेको अमरकल्याण महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडसँगको समन्वयमा गरिएको ‘सुर्याज्योती ग्रामीण कर्जा’ अन्तरगत बीमा गरेका बीमितको परिवारलाई रकम प्रदान गरिएको हो ।

कम्पनीले रेसुङ्गा नगरपालिका–०७ निवासी स्व. लक्ष्मी पुनको छोरा लाल बहादुर र वडा नम्बर ०८ निवासी स्व. मनकला चुँदाराको परिवारलाई रकम प्रदान गरिएको हो । सोमबार सहकारीको कार्यालयमा आयोजित एक कार्यममा दुवै परिवारलाई गरी कुल चार लाख ५० हजार प्रदान गरिएको छ ।

सहकारीकी सदस्य लक्ष्मीले ०७९ माघमा सहकारीबाट एक लाख ५० हजार ऋण लगेकी थिइन् । ऋणपछि उनले सुर्याज्योतीमा ८२५ बुझाएर ग्रामीण कर्जाअन्तरगत बीमा गरेकी थिइन् । उनको गत साउन २६ गते मृत्यु भयो । त्यसपछि कम्पनीले संस्थाको ऋण एक लाख ५० हजार र काजकिरिया खर्च २५ हजार गरी कुल एक लाख ७५ हजार प्रदान गरेको हो ।
मनकलाले पनि एक बर्ष अगाडी सहकारीबाट एक लाख ऋण लगेकी थिइन् । उनले पनि सुर्याज्योती इन्स्योरेन्समा ५५० बुझाएर सुर्याज्योती ग्रामीण कर्जाअन्तरगत बीमा गरेकी थिइन् । उनको गत साउमा दुर्घटनामा परि ज्यान गयो । कम्पनीले दुर्घटनाबाट मृत्यु भएकाको हकमा ऋणको २५० प्रतिशत रकम उपलब्ध गराउछ ।

त्यसैमा काजकिरिया खर्च २५ हजार थप गरी कुल दुई लाख ७५ हजार प्रदान गरेको सुर्याज्योती इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रम सहकारीकी अध्यक्ष रामकुमारी भट्राईको अध्यक्षता, शाखा प्रमुख पोखरेलको प्रमुख आतिथ्यता, सल्लाहकार पार्वता पोखरेल, गंगा थापा, पत्रकार हुमाकान्त पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाकी व्यवस्थापक अन्जु पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा