रेसुङ्गा मावि कार्यसम्पादनमा उत्तम विद्यालय घोषणा

गुल्मी, १८ फागुन ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित रेसुङ्गा माध्यमिक विद्यालय कार्यसम्पादनमा अब्बल देखिएको छ । भक्तपुरमा रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तर्फबाट विज्ञ परीक्षक योगेन्द्र प्रसाद बरालले फागुन १४ देखि १७ गतेसम्म विद्यालयको कार्यसम्पादन परीक्षण गरेका थिए । विद्यालयसँग सम्बन्धित विभिन्न ८९ सूचकका आधारमा गरेको परीक्षणमा विद्यालयले ९१.११ अंक पाएको छ ।

शैक्षिक गुणस्तर केन्द्रल्े सामुदायिक विद्यालयहरुको लगानी, प्रक्रिया र उपलब्धिमा केन्द्रीत रहेर विद्यालयको परीक्षण गर्दछ । जसमा विद्यालय भवन, विद्यालयमा समुदायको सहभागिता, विद्यार्थीहरुको उपलब्धि स्तर, शिक्षकहरुको कक्षा अवलोकन, विद्यालय घेराबार, अभिभावकको विद्यालयप्रतिको धारणा, विद्यार्थीहरुको विद्यालयप्रतिको धारणा लगायतका बिषय परीक्षणको सूचकका रुपमा रहेका छन् ।

परीक्षणको क्रममा ७० देखि ८९ सम्म अंक ल्याउने विद्यालय राम्रो र ९० भन्दा बढी अंक ल्याउने विद्यालय उत्तम विद्यालयको रुपमा चिनिन्छन् । त्यसैक्रममा विज्ञ परीक्षक बरालले रेसुङ्गा माविलाई उत्तम विद्यालयको रुपमा घोषणा गरेका छन् । विद्यालयका प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको राम्रो सहयोग भएको कारण विद्यालयले यो सफलता प्राप्त गरेको बताए । त्यसका साथै उनले विद्यालयको सकारात्मक परिवर्तका लागि सहयोग गर्ने सबैलाई धन्यवाद् दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा