रेसुङ्गा क्याम्पसमा युवाहरुका लागि उद्यमशिलता विकास तालिम

गुल्मी, २० फागुन । गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसले ‘युवाहरुका लागि उद्यमशिलता विकास तालिम’ सुरु गरेको छ । क्याम्पसले स्नातक चौथो बर्षका विद्यार्थीहरुका लागि लक्षित गर्दै सात दिने तालिमको आइतबार सुरु गरेको हो । तालिम घरेलु तथा साना उद्योग विकास समितिको आयोजना र रेसुङ्गा बहुमुखी क्याम्पसको सह–आयोजनामा संचालन भएको हो ।

क्याम्पसको उच्च शिक्षामा विशिष्टता प्रवद्र्धन कार्यक्रमतर्फ विद्यार्थी कल्याण र परामर्श सूचकअन्तरगत विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै अतिरिक्त क्षमता बृद्धि गर्न एवं शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने उदेश्यले तालिम संचालन गरिएको क्याम्पसका प्रध्यापक रामप्रसाद खनालले जानकारी दिए । तालिममा क्याम्पसमा स्नातक चौथो बर्षका ३५ जना विद्यार्थी सहभागि छन् ।

तालिममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुरेश भण्डारी, उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवाली लगायतका व्यक्तिहरु प्रशिक्षक रहेका छन् । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख हरी बहादुर खत्रीले विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त क्याम्पस भएकोले शैक्षिक पठन पाठनका साथमा सीप प्राप्त गरी स्थानीयस्तरमै स्वरोजगार प्राप्त गर्न तालिमले सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा