गुल्मीका कृषकलाई उन्नत जातको उखुको बीउ

चैत्र १५, गुल्मी – कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बीउ बितरण गरेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका -३ छत्रकोटका तीन कृषकलाई  जीतपुर ८ नामक एक टन उखुको बीउ बितरण गरिएको हो ।

बिगतदेखि  रैथाने परम्परागत शैलीमा गर्दै आएका कृषिलाई व्यावसायिक बनाउने उदेश्य सहित पालिका भित्रका केही कृषकलाई उखुको बीउ बितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जीतपुर ८ नामक उखुको बीउ उखु अनुसन्धान केन्द्र जीतपुर बाराबाट लिएर कृषकलाई वितरण गरेको कार्यालयले जनाएको छ । हर्दिनेटाका तीनजना कृषक देव बहादुर कार्की , सन्तोष पौड्याल र घनश्याम पन्थलाई  वितरण गरिएको हो । उखुको बीउ पाएसङ्गै कृषकमा केही उत्साह थपिएको छ ।

उखु खेती र गुण तथा खुदो उत्पादनको लागि छत्रकोट गाउँपालिकाको दिगाम, मानकोट, खर्ज्याङ्ग र हर्दिनेटा प्रसिद्ध मानिन्छन् । यहाँ उत्पादन भएको गुण प्रतिकेजी २ सय ५० रुपैयाँ र खुदो प्रतिलिटर २ सयमा बिक्री गर्दै आएको स्थानीय जनक पन्थले जानकारी दिए ।
उखु खेती र यसको व्यावसायिक विस्तारको लागी गाउँपालिकाले उखु महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष साबित्रा ज्ञवालीले बताइन् । उखु खेतीको थप बिस्तार  गरेर गाउँपालिकालाई उखु पकेट क्षेत्रको रुपमा विकास गर्न आफुहरुले लागेको उपाध्यक्ष ज्ञवालीले बताइन् ।

ज्ञान केन्द्रले हस्तान्तरण गरेको उखुको बीउलाई कृषकले सदुपयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्नेमा वडाध्यक्ष तेजकान्त अर्यालले जोड दिए । जिल्लाको छत्रकोट र रुरुक्षेत्र गाउँपालिका उखु खेतीका लागि प्रसिद्ध मानिन्छन् । जसमा स्थानिय रातो कोशेर, उखुडी, जीतपुर २ खेती हुँदै आएको छ । यसै बर्षदेखि उन्नत जातको जीतपुर ८ नामक उखुको बीउलाई परिक्षणको रुपमा गुल्मीमा ल्याइएको छ ।

बिगत १० बर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक सन्तोष पौड्याल उन्नत जातको उखुको बीउ पाएकोमा खुसी व्यक्त गरे । यस आर्थिक बर्षमा ८४ क्विन्टल उखु बिक्री गरेको उनले बताए ।

कृषकले उखुलाई  प्रतिकेजी आठ रुपैयाँमा बिक्री गरेका छन् । यस आर्थिक बर्षमा धुर्कोट गाउँपालिकाको बेल्टारी र छत्रकोट गाउँपालिका हर्दिनेटाका कृषकलाई ६ टन उखुको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए । स्थानीय बाली संगै यसको थप व्यावसायिक खेती र यसको विस्तार गर्न बीउ वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा