spot_imgspot_img

भाेट दिनेले चाेट पाए, असल मान्छेले खाेट पाए

लेखक : बसन्ता पोख्रेल
धुर्कोट१ गुल्मी

भोट दिने ले चोट पाए
असल मान्छे ले खोट पाए
स्कूल पढ्दा प्रश्न सारे मात्र पनि
शिक्षकले पृष्ठपोषण प्रदान गर्दै पाँच अंक दिइन्छ
हाम्रो सरकार यस्तो छ जहाँ प्राक्टिकल गर्दा पनि
सय मा सून्य अंक दिइन्छ

देशमा के छ के छैन
चाकरी गर्ने लाई सबै छ
निस्वार्थ बोक्ने लाई ठाउँ छैन
किन चाहियो भ्रष्ट सरकार लाई बिजुली ?
लोड सेटिङ काफी छ
उजेलोमा टेबुल मुनि देखि दिने घुस अब
लोडसेडिङ हुँदा टेबुल माथि देखि काफी छ
किनकि न बिजुली आउँछ न सिसी टिभी ले भ्याउँछ

हाम्रो देश र हाम्रो सरकारमा फरक छ
देसलाई भूकम्पले हल्लाउँछ
तर सरकार लाई मेयरको स्टाटसले हल्लाउँछ
युवा विदेश गएका छन् रेमिट्यान्स आएकै छ
ऋण थपिएको छ भ्रष्ट सरकार चलेकै छ

समय यस्तो आयो
नेता ले भएको कुरा गर्दा विश्वास लाग्दैन
लाग्न पनि त विश्वास मानवता जीवित हुनु पर्छ
जो जसलाई सरकार संग प्यार छ
उसले झुट बोले पनि विश्वास गर्न लायक छ
यदि सरकारले कुलमान लाई फर्काएन भने पनि ठिकै छ
यदि लोडसेडिङ पुन भयो भने
नालायक सरकार लाई आगो लगाउन पनि जायज छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा