spot_imgspot_img

गुल्मीदरबारमा एकीकृत घुम्ती सेवा सुरु

गुल्मी, ०८ पौष
गुल्मीदरबार गाउँपालिकाले आज देखि एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ । शुक्रबार वडा नम्बर एक बलिथुममा गाउँपालिका अध्यक्ष सरोज थापाले उद्घाटन गर्दै शिविरको सुरुवात गरेका हुन । शुक्रबार शिविरको उद्वाटन गर्दै अध्यक्ष थापाले स्थानीय सरकारको अनुभुती हुने गरि जनतालाई घर टोलमै सेवा प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

शिविर बाट ९१ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र ,३४ वटा व्यवसाय नविकरण,३४ जना किसानको माटो परिक्षण ,८२ जनाको स्वास्थ्य परिक्षण , ४७ जना किसानलाई पशु औषधि वितरण र १५ वटा योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । साथै उपभोक्ता समितिमा आवद्ध भएका ७५ जनालाई प्रशिक्षण समेत दिईएको पाण्डेले उल्लेख गरे । घुम्ती शिविर गुल्मी दरबार गाउँपालिकाका ७ वटै वडामा एकरएक दिन सञ्चालन हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा