सि एण्ड सि स्वास्थ्य सेवा प्रा.लि.मा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सम्पन्न

गुल्मी, १६ वैशाख ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका वडा नं ४ शान्तिपुरमा अवस्थित सि एण्ड सि स्वास्थ्य सेवा प्रा.लि. को आयोजनामा वैशाख १५ गते गरिएको विशेषज्ञ डाक्टरहरुद्धारा बिरामीको स्वास्थ्य उपचार शिविरमा पेट, छाती, मुटु, सुगर, उच्च रक्तचाप, तथा थाइराइड सम्बन्धी समस्या र महिला तथा प्रसुती रोग सम्बन्धी समस्याका बिरामी गरि कुल १०५ जना बिरामीहरु लाभान्वित भएका छन् । लाभान्वित हुने बिरामीहरु चन्द्रकोट गाउँपालिका भित्रका बिरामीसँगै जिल्लाको छिमेकी पालिका सत्यवती तथा कालिगण्डकी र बाग्लुङ जिल्लाको बरेङ्ग गाउँपालिकाका बिरामीहरु समेत रहेका छन् ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डा. ज्योति श्रेष्ठले महिला तथा प्रसुति रोग सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरुको उपचार गर्नुभएको थियो । त्यस्तै लुम्बिनी हस्पिटल एण्ड टेक्निकल प्रा.लि. का कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश भट्टराईले पेट, छाती, मुटु, सुगर, उच्च रक्तचाप, तथा थाइराइड सम्बन्धी समस्या भएका बिरामीहरुको गर्नभएको थियो भने कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विकास भट्टराईद्धारा बिरामीहरुका लागि भिडियो एक्सरे सेवा प्रदान भएको थियो ।
आफ्नै दुर्गम ग्रामीण क्षेत्रमा पनि विशेषज्ञ डाक्टरसहितको गुणस्तरीय स्वास्थ्य सेवा लिन पाउँदा बिरामीहरुले धेरै खुसी व्यक्त गरेका छन् तथा आफूहरुलाई सेवा लिन पाल्पा, बुटवल, काठामर्डौै लयागतका विभन्न ठाउँमा जान पर्ने बाध्यतामा कमी भएको तथा टाढा टाढा जाँदा लाग्ने खर्चमा समेत कमी भएको उनीहरुले बताएका छन् भने आगामी दिनमा यस प्रकारको सेवालाई निरन्तरता दिन सि एण्ड सि स्वास्थ्य सेवा प्रा.लि. लाई अनुरोध गरेका थिए ।
त्यस्तै सि एण्ड सि स्वास्थ्य सेवा प्रा.लि. का व्यवस्थापक बिनोद थापाले बिरामीलाई छिटो, छरितो तथा सहज रुपमा उनीहरुको स्वास्थ्य समस्या तथा रोगको पहिचान गरि भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बिशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविरको आयोजना गरेको कुरा बताउदै बिरामीहरुलाई आगामी दिनमा प्रा.लि. ले यस प्रकारका शिविर लगायत स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमहरुलाई समेत बिस्तार गरि अझ गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वस्त पार्नुभएको थियो । साथै शिविरलाई सफल बनाउन योगदान पुर्याउनुहुने बिशेषज्ञ डाक्टरलगायत, सम्पूर्ण सि एण्ड सि स्वास्थ्य सेवा प्रा.लि.का स्वास्थ्यकर्मी एवं सहयोगी व्यतिmत्वहरुलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा