तम्घासका मासु पसलमा अनुगमन

हुमाकान्त पोखरेल
गुल्मी, ०७ माघ । भेटेनरी अस्पताल पशु सेवा तथा विज्ञ केन्द्र, गुल्मीले सदरमुकाम तम्घासका मासु पसलको अनुगमन गरेको छ । कार्यालयले शुक्रबार मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेश, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ लगायतका संघ–संस्थाको उपस्थितिमा तम्घासका विभिन्न मासु पसलहरुमा मापदण्ड पुगे÷नपुगेको, सरसफाई लगायतका बिषयमा नौ वटा पसलमा अनुगमन गरेको हो ।

अधिकाशं मासु पसलहरुमा सरसफाई नभएको, नगरपालिकामा दर्ता गर्ने तर पान नम्बर नलिएको, खसि÷बोका, कुखुरा, माछा एउटै फ्रिजमा राखेको, एउटै पसलमा मासु र दुध एवम् तरकारी÷फलफुल र मासु बिक्री गरेको पाइएको कार्यालयका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए । कारवाहीस्वरुप पहिलो चरणमा गल्ति सुधार्न सुझाव दिइएको कार्यालयले जनाएको छ । ‘पशु बदशाला तथा मासु जाँच ऐन –२०५५ र ५७ निर्माण भएपनि लागु भएको छैन ।’ काफ्लेले भने, ‘हामीले कानुनको पूर्ण कार्यान्वयन गर्न व्यवसायीहरुलाई सुझाव दिएका छौ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा