नेपाल राष्ट्रिय कर्मचारी महासंघ, गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न

गुल्मी, ०९ फागुन ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ, गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बसन्त भुसालको अध्यक्षतामा २१ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी महासंघको गठन गरेको छ । जसको उपाध्यक्षमा बोम बहादुर विक, सचिवमा पवन पोखरेल र कोषाध्यक्षमा त्रिविक्रम ज्ञवाली रहेका छन् । कार्यक्रममा कुमानन्द आचार्यको अध्यक्षतामा १५ सदस्यीय प्रगतिशित जनस्वास्थ्य महासंघको गठन गरिएको छ । जसको उपाध्यक्षमा बाबुराम कुँवर, सचिवमा देव बहादुर महतरा लगायत अन्य सदस्यहरु रहेका छन् ।

त्यस्तै बालकृष्ण बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को गठन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले संविधानको अक्षरशं कार्यान्वयन गर्दै सरकारलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताए । पूर्व मन्त्री समेत रहेका बरालले जनजिविकासँग जोडिएका काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, पार्टी सचिव अशोक थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा