भविष्य खाेज्ने बिरानाे शहर

 श्रृजना पराजुली

बिस्तारामै घामको किरण ,आनन्दको जीवन थियो
आमाको न्यानो माया अनि हसिलो मुहार थियो ।
न डर न कुनै चिन्ता ,हाम्रो छुट्टै संसार थियो
बिरानो लाग्छ यहाँ ,रिसमा पनि आफन्तको माया थियो।

बिरानो सहरमा ठूलो घरको सानो कोठा घुङाईरहेछ
कसरी बिर्सु आमाको झक्झकाहट,कानमा आवाज गुन्जाइरहेछ।
पढाई ,सिकाई र भोगाईको नयाँ आयाम थपिइरहेछ
मातृभूमिको माया अनि सम्झनाले मन पोलिरहेछ ।

खै किन चाहिन्छ सबैलाई काठमाडौ सहर
बिदेशिन्छ्न कयौं युवा बाध्यता वा रहर।
एक छाकको भरमा सुत्नेको छ ठूलो लहर
लड्दैछु ,गर्दैछु पूरा गर्न आमाको त्यो रहर।

झोला बोकि उचाई चुम्न भित्रभित्रै हराएकी छु
रप्तारको पाइला रोकिन्छ कि भनी डराएकी छु ।
बाध्यताको जिन्दगी सकिन्छ कि त्यति बेला
आमाको काख सम्झी ,थोत्रो सिरानिमा निदाएकी छु।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा