गुल्मीको धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा गरुणको मुर्ति अनावरण

गुल्मी, ३१ भदौ । गुल्मीको धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा गरुण भगवानको मुर्ति स्थापना गरिएको छ । गुल्मी युनाइडेट बचत तथा ऋण सहकारी संस्थाले यज्ञशाला मन्दिर तलपट्टि रामकुवा जाने चोकमा मुर्ति स्थापना गरेको हो । मुर्तिको शनिबार रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले अनावरण गरे । सहकारी संस्थाले झण्डै पाँच लाखको लागतमा मुर्ति निर्माण गरेको कार्यावाहक अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । गरुणस्थान भनेर चिनिने उक्त चोकमा पहिले परम्परागत महिरोमा ढुंगाको स्वरुपलाई गरुण मानेर फुल एवम् भेटी चढाउने प्रचलन थियो ।

रेसुङ्गासम्म पुग्ने सिढी निर्माण गर्न थालेपछि उक्त ढुंगा पनि थिएन । यसै अवस्थालाई मध्यनगर गरी सहकारीले मुर्तिको स्थापना गरेको हो । स्थापना गरिएको मुर्र्ति रेसुङ्गा संरक्षण समितिलाई शनिबार नै हस्तान्तरण गरिएको छ । समग्र रेसुङ्गा क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि संस्थाले मुर्ति स्थापना गरेको कार्यवाहक अध्यक्ष पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि रेसुङ्गा नगरपालिकाले पनि ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रम सुरु गरेको छ । गुल्मीको सदरमुकाम तम्घासबाट करिब दुई हजार तीन सय मिटर उचाईमा रेसुुङ्गको शिखर पर्दछ । रेसुङ्गा पुग्नको लागि पोखरीसम्मको सडक पक्की गरिएको छ भने त्यसभन्दा माथि सिढी लगाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा