गुल्मी, ३० असौज ।
नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार संगठनको कार्यालयमा विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा भएको भएको कार्यक्रममा पूर्व मन्त्री एवं् नेकपा एमालेका उप–महासचिव प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देश विकासमा कर्मचारीहरुको ठुलो योगदान रहेको भन्दै उनले आफ्नो कर्ममा प्रतिवद्ध भएर लाग्न समेत आग्रह गरे । कार्यक्रमकै अवसरमा संगठनमा आवद्ध सेवा निवृत्त भएका हरी प्रसाद आचार्य र कुल प्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता तथा संघीय सासंद सूर्य थापा, लुम्बिनी प्रदेश सदस्य कृष्ण सुनार, जिल्ला अध्यक्ष बालसिहं काउछा, सचिव गणेश श्रीपाली, कर्मचारी संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनी लगायतको आतिथ्यिता रहेको थियो । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भिमलाल खनालको अध्यक्षता, उपाध्यक्ष श्रीकृष्ण भट्टराईको स्वागत मन्तव्य एवं् लालमणी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।