रास्वपाको खुुला सभालाई सम्बोधन गर्न रवि लामिछाने गुल्मी आउने

गुल्मी, १५ कात्तिक । गुल्मीमा पार्टीको खुुला सभालाई सम्बोधन गर्न रवि लामिछाने आउने भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्न पार्टी सभापति एव्ं पूर्वमन्त्री लामिछाने आउन लागेका हुुन् ।

यही कात्तिक १९ गते आइतबार ११ बजेदेखि तम्घासको चिदिचौरमा हुने कार्यक्रममा लामिछानेसँगै, पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की, अनिल केशरी शाह र होम क्षेत्री आउँदैछन् । सोही क्रममा रेसुङ्गा नगरपालिकामा नगरसमिति पनि विस्तार गर्ने कार्यक्रम छ । यस कार्यक्रमको भब्य तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मी क्षेत्र नम्बर १ का सचिव देवराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा