एमाले अध्यक्ष ओली मंसिर २० गते वामी आउने, कार्यक्रमको तयारी तिब्र

गुल्मी ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिर २० गते गुल्मीको वामीटक्सार आउने भएका छन् । एमालेले सुरु गरेको ‘मध्यपहाडी संकल्प यात्रा’ को अवसरमा आयोजना गरिएको बृहत आमसभालाई सम्बोधन गर्न ओली गुल्मी आउन लागेका हुन् । ओलीको जिल्ला भ्रमण र कार्यक्रमको तयारीबारे आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पार्टीका गुल्मी जिल्ला अध्यक्ष बालसिहं काउछाले आमसभामा जिल्लाभरबाट कम्तिमा १० हजार नागरिक वामी लैजाने योजना रहेको बताए ।

‘एक पालिका बराबर सात सय नागरिक र मुसिकोट र छिमेकी पालिकाबाट बढी नागरिक वामी लैजाने योजना छ ।’ उनले भने, ‘बाग्लुङबाट समेत नागरिक वामी आउनेछन् ।’ पत्रकार सम्मेलनमा बोल्दै एमालेका सासंद एवं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले कार्यक्रम सफल बनाउन आफु पनि जिल्ला खटिएको र तयारी तिब्र पारिएको बताए । त्यसक्रममा ओलीले मुसिकोटको नव निर्मित प्रशासकीय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रम नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा