धौलागिरी लघुवित्त वित्तीय संस्थाको कर्मचारी अभीमुखीकरण तालिम सम्पन्न

बासुदेव पाेखरेल, गुल्मी ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटड को कर्मचारी अभीमुखीकरण तालिम सम्पन्न भएको छ । गरीबी हटाउ समुन्नत समाजको लागि वित्तीय शक्तिकरणमा सहभागी बनौँ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हाे । धाैलागिरी लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बागलुङका सामान्य सेवा विभागका विभागिय प्रमुख भरत रावलकाे प्रमुख आतिथ्यता, र अनुगमन अधिकृत असाेक सापकोटा काे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

संस्थाको बर्तमान अवस्था र यस कार्यक्रमकाे महत्त्व माथि  सामान्य सेवा विभागका विभागिय प्रमुख भरत रावल ले प्रकाश पारेका थिए । बचत तथा ऋण ,बिमाकाे  बिषयमा खैरेनि ब्लक स्टेशनका अनुगमन अधिकृत अशोक सापकोटाले स्पष्ट पार्नुभएको थियो । तम्घास शाखाका शाखा प्रबन्धक श्रवण चाैधरिकाे स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धुर्कोटका शाखा प्रमुख चिरञ्जीवी पाैडेल ले गर्नु भएको थियो । ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा