शान्तिपुरमा तीन पालिकाका खानेपानी उपभोक्ता समितिलाई तालीम प्रदान

कमल खत्री, शान्तिपुर गुल्मी

“खानेपानी आयोजनाको मुहान तथा संरचनाहरुलाई संरक्षण गरौं, आयोजना लाई दिगो बनाऔं भन्ने मूल नाराका साथ संचालित खानेपानी तथा सरसफाई उपभोक्ता समिति एक दिने अभिमखीकरण तालिम चन्द्रकोट ४ शान्तिपुरमा सम्पन्न भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका गुल्मीका कार्यालय प्रमुख इन्जिनियर अनोज उपाध्यायको अध्यक्षता रहेको तालीमको चन्द्रकोट गाउँपालिका प्रमुख  युवराज खत्री क्षेत्रीले गरेका थिए ।

तालीमको उदेश्य माथि प्रकाश पार्दै इन्जिनियर उपाध्यायले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, विधान दर्ता, संस्था दर्ता लगायत विभिन्न बिषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अधिकृत माधव प्रसाद पाण्डेयले गरेका थिए । पुस २ र ३ गते ९ पालिकाका उपभोक्ता समितिलाई तालीम प्रदान गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा