जन्मदिनमा भुकम्प पीडितलाई सहयोग

गुल्मी । गुल्मीका एक व्यक्तिले जन्मदिनको अवसरमा भुकम्प पीडितलाई सहयोग गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका –०१ दिब्रुङ निवासी नवराज खरेलले जाजरकोट जिल्लाको भेरी नगरपालिका खलङ्गा निवासी रमाकली कामीलाई नगद पाँच हजार पाँच सय सहयोग गरेका हुन् ।

कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परी कामिले आफ्नो चार बर्षको नातिनी गुमाएकी थिइन् । बुहारी रोजगारीको लागि कुवेतमा छिन् । भुकम्पमा परी उनी आफु पनि घाइते अवस्थामा छिन् । यस्तो दुःखद् स्थितिमा परिवारमा केही सहयोग मिल्ने उदेश्यले सहयोग गरेको खरेलले बताए ।

खरेल विगत १५ बर्षदेखि नेपाल स्काउट लगायतका संघ संस्थामा काम गर्दै आएका छन् । हाल उनी नेपाल स्काउटको विपद् व्यवस्थापन आकस्मिक उद्धारकर्ता र खेलकुदको क्षेत्रमा पनि क्रियाशिल छन् ।

उनी एक हप्तादेखि नै जारजरकोटको भुकम्प पीडितको लागि स्वयमंसेवकको रुपमा खटिएका छन् । स्मरण रहोस्, नवराज खरेलले विवाहमा पनि भोज भतेर नगरी त्यसबापतको रकम आफुले अध्ययन गरेको विद्यालयमा ५० हजारको अक्षयकोषको स्थापना गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा