उज्यालो सहकारीमा नयाँ कार्यसमितिको गठन

गुल्मी । उज्यालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ कार्यसमितिको गठन गरिएको छ । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न सहकारीको चौथो बार्षिक साधारण सभाले हिरा एसीको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत गठन गरेको हो । जसको उपाध्यक्षमा तामलाल केसी, सचिवमा भरत चन्द, सह–सचिवमा बिमल छन्त्याल, कोषाध्यक्षमा बिन्दु मरासिनी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा हिमालय केसी, भगवती थापा, सीता भुसाल सापकोटा र शालिकराम बस्नेत रहेका छन् । सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रकाश चालिसेलाई निर्वाचित गरेको छ । जसको सदस्यमा एलिजा थापा श्रीस र कृष्ण बहादुर पाण्डे रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले पछिल्लो समय धेरैजसो क्षेत्रमा नकारात्मक टिप्पणी बढ्दै गएकोले सार्वजनिक संस्थामा राजनीति भन्दा माथि उठेर कार्यसम्पादन गर्नुपर्ने बताए ।

छ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी दुई करोड २२ लाख ६६ हजार रहेको निर्वतमान अध्यक्ष राजेन्द्र विक्रम कुँवरले बताए । सहकारीले चार करोड २८ लाख ३१ हजार २६६ रुपैँया ऋण लगानी गरेको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुको जोखिम बहनका लागि औषधी उपचार तथा जोखिम बहन कोष स्थापना गरी संचालनमा ल्याएको छ ।

जसबाट कुनै पनि शेयर सदस्य मुटु, क्यान्सर, ब्रेन ट्युमर, मृगौला लगायतका रोगबाट पीडित भएमा औषधी खर्चबापत २५ हजार उपलब्ध गराउने संस्थाका व्यवस्थापक नविन अर्यालले जानकारी दिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा