बालिका बलात्कार गर्ने इस्माका अधिकारीलाई १९ बर्ष कैद सजाय

टोपलाल अर्याल
गुल्मी, १९ पुस

बालिका बलात्कार गर्ने इस्माका एक युवालाई १९ बर्ष कैद सजाय भएको छ । जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलले इस्मा गाउँपालिका–४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई १९ बर्ष कैद, सात लाख रुपैयाँ जरिवानाको फैसला गरेका हुन ।

जरिवानाको सात लाख र पीडित बाकिकाको उमेर र शारीरिक तथा मानसिक अवस्थामा परेको चोटका कारण थप एक लाख गरेर आठ लाख पीडितलाई क्षतिपुर्ती भराउने फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कृष्ण प्रसाद पान्डेयले जानकारी दिए । त्यस्तै अधिकारीले २८ हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई ०७९ साउन ११ गते गिरफ्तार गरेको थियो । उनले बालिकालाई विभिन्न प्रलोभनमा देखाएर स्थानीय खरबारीमा लगेर बलात्कार गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा