युवा संघ गुल्मीको १० औ जिल्ला अधिवेशन फागुन ५ गते

टोपलाल अर्याल, गुल्मी

राष्ट्रिय युवा संघ नेपाल गुल्मीको १० औ जिल्ला अधिवेशन आगामी ५ फागुनमा तम्घासमा हुने भएको छ । शनिबार एमाले पार्टी कार्यालयमा बसेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीको पदाधिकारी बैठकले अधिवशेसनको मिति तय गरेको हो । राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीका अनुसार अधिवेशनलाई भव्य बनाउन ९ माघमा पदाधिकारी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको बैठक बस्ने निर्णय भएको छ ।

अधिवेशनको लागि प्रतिवेदन लेखन, प्रतिनिधी व्यावस्थापन, आर्थिक परिचालन, प्रचारप्रसार, मञ्च तथा हल व्यावस्थापन, साँस्कृतिक र अतिथी सत्कार उपसमिति गठन गर्ने निर्णय पनि बैठकबाट भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीको अध्यक्षता रहेको बैठकमा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा