गुल्मी ।
गुल्मीमा पहिलो पटक क्लवस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको तम्घासस्थित चिदिचौर खेल मैदानमा शनिबार दिउँसो १ बजे प्रतियोगिता हुन लागेको हो ।
फोर्टिन स्टार युवा क्लवको आयोजनामा हुने फुटबल प्रतियोगिता फोर्टिन स्टार युवा क्लव र योङ्ग बोएज, गुल्मीबीच हुनेछ । खेलमा सबैलाई उपस्थित भएर खेलाडीको हौसला बढाइदिन क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए ।
गुल्मीमा महिला फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले मैत्रीपूर्ण खेलकुद प्रतियोगिता राखिएको आचार्यले बताए ।