दादुरा रुबेला खोप अभियान गुल्मीमा साढे १७ हजार बढि बालबालिकालाई खोप लगाइँदै

टोपलाल अर्याल, गुल्मी

२९ माघ गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकाले खोप लगाउने छन् । कहाँ कहिले खोप संचालन गुल्मीमा दुई चरणमा दादुरा-रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ ।

पहिलो चरणमा जिल्लाको मुसिकोट नगरपालिका र इस्मा, मालिका, धुर्कोट तथा मदाने गाउँपालिकामा फागुन १६ देखि २० गतेसम्म दादुरा रुबेला खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए ।

त्यस्तै फागुन २१ देखि २५ गतेसम्म रेसुंगा नगरपालिका र गुल्मीदरवार, छत्रकोट, रुरुक्षेत्र, सत्यवति, चन्द्रकोट र कालिगण्डकीमा खोप अभियान संचालन हुनेछ । जिल्लाका तीन सय ३० नियमित खोप केन्द्रबाट खोप संचालन हुने जनस्वास्थ्य अधिकृत आचार्यले बताए । खोप अभियानलाई थप प्रभाकारी बनाउन स्वास्थ्य कार्यालयले बालकालिकाको संख्याको आधारमा नियमित बाहेक जिल्लाका विभिन्न स्थानमा अस्थायी सात खोप केन्द्र थप गर्दैछ । एक हजार बढी जनशक्ति परिचालन जिल्लामा खोप अभियानको लागि एक हजार बढि जनशक्ति परिचालन हुँदैछन ।

तीन सय ३७ स्वास्थ्यकर्मी, छ सय ७४ स्वयमसेवक र १२ जनाले ए.इ.एफ.आईको अनुगमन गर्ने चिकित्सवको टोली गरेर एक हजार २३ जना जनशक्ति परिचालन हुने आचार्यले बताए । त्यो बाहेक जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुबाट अभियानको अनुगमन तथा निरिक्षण हुनेछ । पुर्व तयारी केके स्वास्थ्य कार्यालय गुल्मीले खोप अभियान सफल बनाउनको लागि स्वास्थ्य कार्यालयले विभिन्न तहमा अभिमुखिकरण गरेको छ ।

कार्यालयले पालिका र वडा खोप समन्वय समिति, पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यसंस्था प्रमुख तथा खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयसेविका, जिल्ला स्तरिय खोप समन्वय समिति, संचारकर्मी तथा सरोकारवालासंग छलफल र अन्तरक्रिया गरिसकेको छ । ब्रोसर, पम्पेलेट, ब्यानर, सामाजिक संजालसहित आगामी फागुन ११ बाट एफएम रेडियोबाट प्रचारप्रसारलाई तिब्रता दिने स्वास्थ्य कार्यालयको योजना रहेको छ । किन खोप अभियान चन्यो गत बर्ष नेपालमा दादुराको महामारी भएको थियो । त्यो लुम्बिनी प्रदेशको बाके जिल्लाबाट सुरु भयो । लुम्बिनी प्रदेशका अर्घाखाँची, दाङ, बाँके, बर्दिया र कपिलवस्तुसहित १९ जिल्लामा दादुराको प्रकोप देखिएको थियो ।

अर्घाखाँचीमा ११, दाङमा ३९, बर्दिया ७२, बाँकेमा तीन सय २९ र कपिलवस्तुमा २३ जना दादुराका बिरामी फेला परेका थिए । गत बर्ष नेपालमा १३ सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि अभियानको सुरुवात गरिएको हो । बाँके जिल्लाबाट प्रकोप फैलिएर देशभर भएको र २०२६ सम्म दादुरा निवारण गर्न यो अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीको बरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताइन् । थापाले २०४५ सालबाट खोप सुरु भएको र हालसम्म कुनै जटिल समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिन् ।

सबैले सहयोग र समन्वय गरौं : खत्री जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले कोल्चेन व्यावस्थापनमा जोड दिँदै अभियानमा सहभागी र सहयोगी बन्न सवै पालिकाका जनप्रतिनिधी, राजनैतिक दल, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आग्रह गरे । यो अभियानमा जिल्लाका ठुला विकास निर्माण भइरहेका स्थलहरुमा रहेका बालकालिकाको तथ्यांक एकिन गरेर अभियानमा पुर्णतया सहमाहित गर्ने योजना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मी जिल्ला ०७१ सालमा पुर्ण खोप जिल्ला घोषणा भएको थियो । अहिले वडा, पालिका र जिल्लालाई पूर्ण खोप सुनिश्चत गरिदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा