रेसुङ्गा नगरपालिकामा रास्वपाको तदर्थ समिति गठन

गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तदर्थ समिति गठन गरिएको छ । शनिबार जिल्ला पार्टी कार्यालय तम्घासमा सम्पन्न भेलाले कृष्ण बहादुर पराजुलीको सभापतित्वमा ११ सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टी रेसुङ्गा नगर समिति, तदर्थ समितिको गठन गरेको हो ।

जसको उप–सभापतिमा भोजराज पराजुली, सचिवमा जानका खनाल र कोषाध्यक्षमा कमल प्रसाद पाण्डे लगायत अन्य सदस्यहरु रहेका छन् । अन्य पदमा सर्वसम्मत नेतृत्व निर्वाचित भएपनि सभापतिको लागि भने मतदान भएको थियो ।

निर्वाचनमा कुल ५७ मत खसेकोमा पराजुली ४१ मत प्राप्त गर्दै विजयी भए भने अर्का प्रतिद्धन्द्धी निशेष श्रेष्ठले १५ मत प्राप्त गरे । निर्वाचनमा एक मत बदर भएको निर्वाचन मण्डलका सदस्य देवराज पाण्डेले जानकारी दिए । कार्यक्रम ८५ बर्षिय ज्येष्ठ नागरिक रेनुराम भण्डारीको अध्यक्षता, प्रदेश उप–सभापति शालिकराम घिमिरेको प्रमुख आतिथ्यता तथा कृष्ण प्रसाद पराजुलीको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सस्दस्य दामोदर भण्डारीको, अभियान तथा प्रचार प्रसाद विभाग प्रमुख महेन्द्र उपाध्याय, बुटबल उप महानगरपालिकाका सभापति राजन पाण्डे लगायत पार्टीका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा