गुल्मीमा चार जना उम्मेदवारको उम्मेद्धवारी फिर्ता

असोज २६ : गुल्मीमा चार जना उम्मेदवारले उम्मेद्धवारी फिर्ता लिनुभएको छ ।

प्रतिनिधि सभा एकको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका कमल भुसाल , निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा किरण शाहा  (ख) मा रामचन्द्र कंडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गुल्मी निर्वाचन क्षेत्र नम्वर दुईको प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर अर्यालले पनि आफनो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

गुल्मीमा प्रतिनिधि सभाको क्षेत्र नम्वर एकमा १० जना प्रदेश सभा (क) मा १० र (ख) मा ११ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

गुल्मी प्रतिनिधि सभा २ मा १३ जना , प्रदेश सभा (क) मा १० जना (ख) मा ८ जना को उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा