गुल्मीमा गठबन्धन बिरुद्धको वागी उम्मेदवारी यथावत

असोज २६,२०७९ गुल्मीः सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध  स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।

उम्मेदवारको मनोनयन फिर्ता लिने अवधीसम्म फिर्ता नलिएकाले भुसालले उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी क्षेत्रनम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले बिजयीको स्वाद नपाएकाले आफनो उम्मेदवारी त्यो पूरा गर्ने बताए ।

गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ मा अर्का स्वतन्त्र उम्मेदवार नरेन्द्र अर्यालले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कांग्रेसबाट बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।उनले गठबन्धनका उम्मेदवारलाई सघाउँदै आफनो उम्मेदवारी फिर्ता लिएको बताए ।

क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा र प्रदेश सभाका तिन जना निर्वाचित पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा