गुल्मीका एक हजार पाँच सय बढी परिवारलाई निस्सा वितरण

गुल्मी, २९ फागुन ।
गुल्मीमा एक हजार पाँच सय बढी परिवारलाई निस्सा वितरण गरिएको छ । लालपुर्जाको लागि आवेदन दिएकामध्ये ११ पालिकाका एक हजार ६३० परिवारलाई नागरिकलाई निस्सा वितरण गरिएको हो । जसमा मुसिकोट नगरपालिकाका २८०, कालिगण्डकी गाउँपालिकाका ३८, सत्यवतीका ६३, चन्द्रकोटका ७६ परिवारलाई निस्सा वितरण गरिएको छ ।

रुरुक्षेत्रका २३०, छत्रकोटका १४३, गुल्मीदरबारका ३३, धुर्कोटका ३४८, इस्माका २२३, मालिकाका २४४ र मदानेका ८३ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग, गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिनुभयो । आयोगले दिएको जानकारीअनुसार जिल्लाको रेसुङ्गा नगरपालिकामा निस्सा वितरणको काम भएको छैन ।

निस्सा वितरणको लागि सम्बन्धित पालिकाले विभिन्न निर्णयहरु गर्नुपर्नेमा रेसुङ्गाले उक्त निर्णय नगरेका कारण निस्सा वितरण हुन नसकेको अध्यक्ष राममल्ल ठकुरीले बताउनुभयो । निस्सा वितरणमा ढिलाई हुँदा लालपुजा वितरणमा समेत ढिलाई हुने ठकुरीले बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले जिल्लामा गरेका काम समेत सार्वजनिक गरेको छ । हालसम्म जिल्ला स्तरीय पत्रकार सम्मेलन, राजनीतिक दलहरुसँग सर्वदलिय बैठक, विभिन्न अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न गरिएको आयोगले जनाएको छ ।

आयोगले रुरुक्षेत्र, मुसिकोट र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्य समेत सम्पन्न गरेको छ । आयोगले विभिन्न मापदण्डको आधारमा सम्बन्धित लाभग्राहीलाई जग्गा प्रदान गर्नेछ । गुल्मीमा कुल दुई हजार ५९९ लाभग्राही रहेका छन् । तर भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीमा दोहोरो सुविधा लिन नपाइने आयोगले जनाएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा